डोनल्ड ट्रम्पको योजनामा रहेका करहरू केके हुन्, यिनले कुनकुन देशलाई मार पर्न सक्छ



काठमाडौं । डोनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय व्यापार अमेरिकाविरुद्ध धाँधलीयुक्त भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने धम्की दिइरहेका छन्।

उनले क्यानडा र मेक्सिकोले उनीहरूको देश हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीको प्रवाह र फेन्टनाइल औषधि नरोके उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने बताएका छन्।

उनले चीन र युरोपेली सङ्घबाट भित्रिने सामानहरूमा १० प्रतिशत कर लगाउने पनि बताएका छन्।

कर लगाएपछि त्यसले उनीहरूको अर्थतन्त्रलाई नराम्ररी मर्का पर्न सक्छ र अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्छ।

ट्यारिफु के हो र कसरी लागु हुन्छ

डोनल्ड ट्रम्पले नयाँ करदर लागु गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ

तस्बिरको क्याप्शन,डोनल्ड ट्रम्पले नयाँ करदर लागु गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ
आयातित सामानहरूमा लगाइने करलाई ट्यारिफ भनिन्छ।

यस्तो कर सामान निर्यातकर्तामा नभई आयात गर्ने कम्पनीहरूमा लागु गरिन्छ र यो आयातको मूल्यको अनुपातमा हुन्छ।

यदि कुनै कम्पनीले कार आयात गर्दै छ र त्यसको मूल्य ५०,००० डलर छ र त्यसमा २५ प्रतिशत कर तोकिएको छ भने प्रत्येक कार किन्नका लागि उसले थप १२,५०० डलर तिर्नुपर्छ।

अन्तिममा करको आर्थिक भार कसलाई पर्छ भन्ने प्रश्न निकै जटिल छ।

यदि अमेरिकाको कम्पनीले आयात गर्दै छ र उसले करको मूल्य जो व्यक्तिले सामान किन्दै छ उसमाथि उच्च खुद्रा मूल्य तोकेर लियो भने आर्थिक भार त्यही अमेरिकी उपभोक्ताले बेहोर्नुपर्छ।

ट्रम्प किन यस्तो करको पक्षमा छन् ?

डोनल्ड ट्रम्प प्रायस् के बताउँछन् भने यस्तो कर लगाउँदा त्यसले अमेरिकामा घरेलु रोजगारी सिर्जना र संरक्षण गर्छ। त्यसै गरी यसले गर्दा राजस्व बढ्ने र अमेरिकी अर्थतन्त्र वृद्धि हुने उनको दाबी छ।

मेरो योजनाअन्तर्गत, अमेरिकी कामदारहरूले आफ्नो जागिर गुम्ने चिन्ता अब गर्नुपर्दैन, सन् २०२४ मा चुनावी अभियानका बेला उनले भनेका थिए। बरु, विदेशी राष्ट्रहरूले आफ्ना नागरिकको रोजगारी गुम्नेबारे चिन्ता गर्नुपर्नेछ।

विश्व अर्थतन्त्रमा ट्रम्पको दोस्रो कार्यकालको प्रभाव कस्तो रहला्

आप्रवासीरहित अमेरिकाु कस्तो देखिएला ?

बीबीसीका आर्थिक सम्पादक फैजल इस्लामले ट्रम्पले विश्वव्यापी आर्थिक नक्सालाई बदल्न चाहेको र अमेरिकासँग चीन तथा युरोपको आयातभन्दा निर्यात बढी हुने अवस्था घटाउन चाहेको बताए। तर त्यसले अमेरिकालाई हानि पुग्नेू इस्लामको दृष्टिकोण छ।

ट्रम्पले राष्ट्रपतिका रूपमा सन् २०१८ मा स्टील र एल्यमिनिअममा पनि यस्तो कर लगाएका थिए र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षाको बचाउ गर्ने बताएका थिए। बीबीसिबाट

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  २ : १३ बजे