सक्रिय राजनीतिमा आउन सक्छु : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं, १४ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किन सक्ने आशय ब्यक्त गरेकि छन् । आज ९सोमबार० विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले देशको राष्ट्रियता, स्थायित्व र प्रगतिमा आफ्नो गहिरो चासो रहेको बताउदै राजनीतिमा आउन सक्ने आशय ब्यक्त गरेकि हुन्। ।

उनले आफू नेकपा ९एमाले० को सक्रिय राजनीतिमा फर्किने संकेतसमेत गरिन् ।

‘म एमालेबाट यो ठाउँमा पुग्नाले अब जाँदा त्यहीँ नै कुरा हुन्छ । राजनीतिमा चासो राख्ने साथीभाइहरूबीच छलफल भएजस्तो मलाई लाग्छ। मेरो छलफल भइसकेको छैन, समय पनि आइसकेको छैन,’– उनले भनिन् ।

राजनीतिमा चासो राख्ने व्यक्तिहरुले आफूलाई एमालेमा फर्किएको हेर्न चाहेको र छलफल चलाएको भएपनि आफू त्यो चरणमा प्रवेश गरिनसकेको र अहिले समय पनि आइनसकेको उनको भनाइ थियो ।

पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको चर्चााका बिच पूर्व राष्ट्रपति तथा उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने बहस चलिरहेका बेला भण्डारीले आज दिएको सक्रिय राजनीतिबाट टाढा जान नसकिने अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  ५ : ४३ बजे