एमाले संसदीय दलको बैठक दिउसो १ बजे बस्दै



काठमाडौं । नेकपा एमालेकोे संसदीय दलको बैठक आज बस्दै छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ ।

प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार  ९ : ५४ बजे