सहकारी ठगी प्रकरण : अदालतको आदेश बदरको माग गर्दै रविले दिएको निवेदनमाथि सुनुवाइ हुँदै



काठमाडौं । कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी उच्च अदालत पोखरामा रास्वपा सभापति रवि लामिछाने दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश मिलन कुमार राईको इजलासमा रविको निवेदनको पेशी तोकिएको छ ।

कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार  १२ : ४४ बजे