काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आज बसेको बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएपछि संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने भएको छ ।
नेताहरुले बोल्नेक्रम नसकिएपछि फेरि अर्को बैठक डाकिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेशको औचित्यबारे संसदीय दलमा प्रश्न उठाएका छन् । बैठकमा सांसदहरूले अध्यादेशसहितका विषयमा प्रश्न गरेका हन् ।
आजको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री, पदाधिकारी र नेताहरूले बोलेका थिए ।














