सांसद पदबाट निलम्बन फुकुवा गरिपाऊँ भन्दै रविले हाले निवेदन



काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने सिंहदरबार पुगेर सांसद पदबाट निलम्बन फुकुवा गर्न माग सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

लामिछानेले सभामुख घिमिरेलाई निवेदन दिँदै आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।

१५ जना सांसद लिएर सभामुख भेट्न पुगेका लामिछानेले आफूलाई आजैको बैठकबाट फुकुवा गरिदिन अनुरोध गरेका थिए ।

सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि रवि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएका थिए । तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  १२ : ५० बजे