काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सोमबार बसेको पदाधिकारी बैठकले पुनलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको हो।
माओवादीका एक पदाधिकारीका अनुसार पुनकै रोजाइमा उक्त जिम्मेवारी दिइएको हो। पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको बैठकहरुमा यसअघिबाटै सहभागी हुन थालेका थिए। पुस अन्तिम साता चलेको केन्द्रीय कमिटी बैठकमा पनि उनी पदाधिकारीकै लहरमा बसेका थिए।
पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए। २०७२ मा संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति र पुन उपराष्ट्रपति बनेका थिए।
दुईपटकको कार्यकाल सकिएपछि भण्डारी पनि एमालेको राजनीतिमा फर्कन प्रयासरत छिन्।