२३ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् ।
भोलि संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।
आज दिउँसो तीन बजे सिंहदरबारमा बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् ।