नेतान्याहूलाई स्वागत गर्दै ट्रम्पले भने अमेरिकाले गाजालाई आफ्नो ‘जिम्मामा लिन चाहन्छ’



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गरेका छन्।

उनले संयुक्त राज्य अमेरिकाले गाजा स्ट्रिप लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी रूपमा पुनर्वास गराउन चाहेको बताए।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग आयोजित एउटा पत्रकार सम्मेलनमा उनले उक्त भूभागलाई विकास गर्न आफूले चाहेको र त्यसबाट मध्यपूर्वको रिभिएरा ‘समुन्द्रतटीय बिदा मनाउने स्थल’ स्थापना हुने बताए।

उक्त परियोजना सम्पन्न हुन १५ वर्षसम्म लाग्ने उनको भनाइ छ।दुई नेताले गाजा युद्ध विरामको थप कार्यान्वयनबारे पनि छलफल गरेका छन्।

आफ्नो दोस्रो कार्यकालमा ह्वाइट हाउस भ्रमण गर्ने पहिलो नेता भएकोमा नेतन्याहूलाई धन्यवाद दिएर पत्रकार सम्मेलन सुरु गरेका ट्रम्पले सबैलाई आश्चर्यमा पार्ने गरी गाजालाई अमेरिकाले लिने बताएका थिए।

ट्रम्पले के भने?

उनले आफ्ना पूर्ववर्ती जो बाइडनले आफ्नो चार वर्षको कार्यकालमा इजरेलका शत्रुहरूलाई बलियो हुन दिएको आरोप लगाए।

त्यसपछि उनले गाजामा बसिरहेका १८ लाख मानिसहरूलाई अन्य अरब मुलुकहरूमा स्थानान्तरण गरिनु पर्ने तर्क गर्न थाले।

त्यसो गरिए पछिल्लो युद्धले ध्वंश भएको उक्त भूभाग अमेरिकाले ुलिएर विकासु गर्न मिल्ने उनको भनाइ छ।

नेतान्याहूले अरूले कल्पना नगरेका कुरा सोच्न सक्नेु ट्रम्पको शैलीको प्रशंसा गरे र उनी ह्वाइट हाउसमा इजरेलले पाएको हालसम्मकै सर्वाधिक ठूलो मित्रु भएको बताए।

ट्रम्पलाई अमेरिकाले कसरी र कुन अधिकारका आधारमा गाजाको स्वामित्व लिन्छ भनेर पनि सोधिएको थियो। तर उनले त्यसको सोझो जबाफ दिएनन्। उनले दीर्घकालीन स्वामित्वको अवस्थाु देखेको बताए। बीबीसिबाट

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : २८ बजे