अध्यादेश पास गर्न जसपा निर्णायक, निर्णय गर्न बैठक बस्दै



काठमाडौं । सरकारले प्रस्तुर गरेका अध्यादेश पास गर्न जसपा निर्णायक देखिएको छ ।

सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे जसपाले संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन् ।

पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ ।

प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार  ९ : ३३ बजे