ड्रोनबाट कैद गरिएको रानीपोखरी (तस्बिरहरु)



काठमाडौं । राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी बनाउने उद्देश्यले ई.सं.१६६५ मा रानीपोखरी निर्माण गरेका थिए ।

त्यस पोखरीको बीचमा मन्दिर रहेको छ जसलाई बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ ।

तिहारमा यस मन्दिरको परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले भाईटीका लगाउने गरिन्छ । संस्कृति विद्काअनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो ।

पोखरीको संरक्षण तथा सरसफाईको काम काठमाडौं महानगरपालिकाले गरिरहेको छ ।

प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार  १० : ५२ बजे