दिल्ली निर्वाचनमा भाजपाको बहुमत, आम आदमीका केजरीवालले पनि हारे चुनाब



काठमाडौं । दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार सरकार बनाउने भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ९भाजपा०ले राजधानी सहर दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने भएको हो।

दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४० सिटमा जित हासिल गरेको छ। विधानसभाको आधा अर्थात् ३५ सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न सक्छ।

प्रधानमन्त्री मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका छन्, ूविकासको जित भएको छ, सुशासनको विजय भएको छ।

आपका नेता पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको विधानसभामा चुनाब हारेका छन्। उनी भाजपाका उम्मेदवार प्रवेश बर्मासँग ३,००० भन्दा बढी मतान्तरले पराजित भए।

चुनावमा आफ्नो हार स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो सन्देशमा भनेका छन्स् ूजनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताको साथ स्वीकार गर्छौँ।

उनले दिल्ली निर्वाचन परिणामलाई लिएर भाजपालाई बधाई दिएका छन्।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : १७ बजे