माइतीघरमा रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो



काठमाडौँ । काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

आइतबार बिहान १०:१५ बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबारतर्फ लागेको थियो।

तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमति गरेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताए।

मोटरसाइकलको लुकिङग्लासलगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमति भइसकेको राउतले बताए।

दुर्घटनामा थप क्षति भएको छैन।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ४७ बजे