सूनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ २८, २०८१ सोमबार  ११ : २७ बजे