हमासले शनिवारसम्म बन्धक मुक्त नगरे गाजामा युद्धविराम भङ्ग गर्ने चेतावनी



काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले शनिवार दिउँसोसम्म बन्धकहरू मुक्त नगरे युद्धविराम भङ्ग हुने र फेरि लडाइँ चर्किने चेतावनी दिएका छन्।

उनले इजरेली सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको पनि बताए।

नेतन्याहूका अनुसार हमासले बन्धकहरूलाई मुक्त गर्ने कार्य स्थगित गर्ने बताएपछि आफूले त्यस्तो आदेश दिइएको हो।

यद्यपि नेतन्याहूले हमासको कब्जामा रहेका बाँकी ७६ बन्धकलाई मुक्त गर्नुपर्ने माग गरेका हुन् कि युद्धविराम सम्झौताअन्तर्गत आगामी शनिवार मुक्त हुने भनिएका थप तीन बन्धकका सन्दर्भमा उक्त चेतावनी दिएका हुन् भन्ने स्पष्ट पारेनन्।

एक इजरेली मन्त्रीले प्रधानमन्त्रीले ूसबै बन्धकू मुक्त गर्नुपर्छ भन्ने सन्दर्भमा उक्त अभिव्यक्ति दिएको बताएकी छन्।

हमास के भन्छ ?

गाजामा इजरेली हवाई आक्रमणका कारण ध्वस्त भएका भवनहरूको भग्नावशेषतस्बिर स्रोत,भ्एब्
हमासले युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको र ूकुनै पनि प्रकारका जटिलता वा ढिलाइका लागि इजरेल जिम्मेवारू रहेको प्रतिक्रिया दिएको छ।

तीन साताअघि भएको युद्धविराम सम्झौतालाई इजरेलले उल्लङ्घन गरेको हमासको आरोप छ। उसले महत्त्वपूर्ण मानवीय सहायता अवरुद्ध गरिएको आरोप पनि लगाएको छ। तर त्यसलाई इजरेलले खण्डन गरेको छ।

यसै सप्ताहान्तका लागि निर्धारित बन्धक मुक्त गर्ने काममा विलम्ब गर्ने हमासको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल पनि सम्झौताबाट पछि हट्दा हुने बताएका थिए।

उनले शनिवारसम्ममा यदि सबै बन्धकहरू मुक्त नगरिएू युद्धविराम खारेज गरिनुपर्ने सुझाएका थिए। बीबीसिबाट

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : २९ बजे