दरबारमार्गमा धमाधम ग्रेनाइट बिछ्याइँदै (तस्बिरहरू)



काठमाडौं । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइएको छ।

नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइएको हो ।

पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ। सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ।

त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ३८ बजे