भारत जाँदै कांग्रेस सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन्। उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन्।

इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन्। उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने तालिका छ।

उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन्। समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ।

४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ। यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए।

प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार  ३ : २२ बजे