काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
कलेजले बिहीबार एक सूचना जारी गर्दै लम्सालको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो।
केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको र उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घोषणा गरिएको जनाइएको छ।










