खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनवावु ढकाल नियुक्त, यी हुन् मन्त्रिपरिषदका १३ निर्णय



काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोरखाका अर्जुनवावु ढकाललाई नियुक्त गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र के.सी.को राजीनामा स्वीकृत भएको पनि जानकारी दिए ।

यस्ता छन्,मन्त्रीपरिषद् बैठकका निर्णयहरु

१.सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५; उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलग–अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्वन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने।

२.नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनवावु ढकाल, गोरखालाई नियुक्त गर्ने।

३.नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्री रविन्द्र के.सी.को राजीनामा स्वीकृत गर्ने।

४० संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ नियमित सत्र अन्तर्गत २०८१ फागुन १२ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने हाइ लेवल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गर्ने,

५.नेपाल सरकारका नाममा दर्ता रहेको सरकारी जग्गा प्रसूती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृत दिने।

६.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोट, रुकुमपूर्वलाई प्रयोग गर्न स्वीकृति दिने ।

७.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्टिच्यूट (व्यावसायिक प्रशिक्षण केन्द्र) को भवन निर्माण प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रयोग गर्न स्वीकृति दिने।

८.नेपाल सरकार र ओमान सरकारबिच हुने पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने।

९.नेपाल र संयुक्त राज्य अमेरिकाबिच हुने पुरातात्विक र समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको ओसारपसार तथा आयात प्रतिवन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने।

१०० जर्मनीको बलिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोड्र्स आइटिभी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसमा फागुन २० देखि २४ गतेसम्म सहभागी हुन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिने,

११.मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।

१२.औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।

१३.विक्रम सम्वत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार  ७ : ४२ बजे