ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच फेरी झडप, दर्जनौं जना घाइते



८ फागुन, काठमाडौं । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच फेरी झडप भएको छ ।

झडपमा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेको बताए ।

करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगा, मुढा हान्नुभयो । ५० मिटरको दुरी पनि नराखी ढुंगा हान्नुभयो । त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्यो,’ शर्माले भने, ‘त्यसक्रममा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना र नो केबलकार समूहका १ जना घाइते भएको कुरा आएको छ ।’

आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए ।

सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानिएको उनको भनाइ छ । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रुग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहिबार  ७ : ५२ बजे