प्रधानमन्त्री ओलीलाई संविधान र कानुन मिच्ने बानी परिसकेको छ : माधव नेपाल



काठमाडौं, । नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र कानुन मिच्ने बानी नै परिसकेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) पार्टीका केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानुन मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे ।

साना र प्रतिष्पर्धी दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ ।

,’उनले भने, ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुईदलीय साशन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन । यी सबै कुराहरुको सन्दर्भमा साना दलहरुलाई समाप्त पार्ने, प्रतिष्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ,’।, ‘संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार  १ : ५० बजे