ट्रम्प प्रशासनको निर्णयले नेपालमा युएसएआइडीका सात कार्यक्रम रोकिए : अर्थ मन्त्रालय



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आदेशले नेपाल सरकारले डिजाइन गरेका तीन कार्यक्रम प्रभावित भएका छन् । जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रम डिजाइनको क्रममा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आदेशले अमेरिकी सहयोग नियोग ९युएसएड० बाट नेपालमा सञ्चालित र डिजाइनको क्रममा रहेका ७ वटा कार्यक्रमहरु रोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

युएसएडद्वारा प्राप्त अनुदान सहायता नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको मन्त्रालयले जनाएको हो।

तेस्तै ट्रम्प प्रशासनको आदेशले नेपाल सरकारले डिजाइन गरेका तीन कार्यक्रम जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रम डिजाइनको क्रममा प्रभावित भएका अर्थ मन्त्रालयले जनाएको छ ।

“नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकी सहयोग नियोग ९ग्क्ब्क्ष्म्० बाट नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रम ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ ।”

प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार  ६ : ३० बजे