झापामा रिसाएका नारायणकाजी कार्यक्रम छाडेर  चितवन पुगे, मागे माफी



काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन्। मंगलबार चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन्।

चितवनको माडी नगरपालिकामा हुन लागेको ४ दिने शिवरात्री मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएको बताइएको छ। माडी(२ का वडाध्यक्ष डण्डपाणि पौडेलले मेला उद्घाटनको कार्यक्रम सकेर फेरि अभियानमै जाने जिकिर गरे।

‘अलिकति त्यहाँ ९झापामा० मनोवैज्ञानिक रूपमा अवरोध जस्तो भयो। त्यसले मलाई बिझायो नै। त्यसपछि थप बोलिनँ,’ उनले भने, ‘त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु।’

तराई(मधेश जागरण अभियानको उद्घाटन कार्यक्रममा झापामा श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति आक्रोशित बनेका थिए। रिसले चुर बनेका श्रेष्ठ कार्यक्रमस्थलबाट बाहिरिएका थिए। साँझ झापाकै बाह्रदशीमा भएको कार्यक्रममा पनि उनी सहभागी भएनन्।

‘जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ। ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा चाहना गर्न चाहन्छु’, श्रेष्ठले भने।

प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार  १२ : ५१ बजे