काठमाडौँ । पुँजीबजार सूचक नेप्से ४९ अंकले बढेको छ। बिहीवार १.७७ प्रतिशतले बढेर नेप्सेले २८१५ अंकमा पुगेको हो।
बिहीवार १८६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५२ को भने घटेको छ। ६ वटा कम्पनी स्थिर रहेका छन्।
यसदिन ११ अर्ब ३९ करोडको कारोबार भएको छ। कुल ३ सय कम्पनीको १ लाख १२ हजार ३२ पटकमा २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर कारोबार भएको छ।
गार्जिलन माइक्रोलाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक, दोर्दीखोला जलविद्युत कम्पनी र लिबर्टी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
बिहीवार कुनै पनि कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छैन।










