अध्यादेशका बारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



काठमाडौँ – आज शुक्रबार प्रमुख दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुने बताइएको छ।

सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन। यिनै विषयमा छलफल गर्न संयन्त्रको बैठक बस्न लागेको हो।

सरकारले फागुन २१ गते भूमिसम्बन्धी अध्यादेश जसरी पनि पास गर्ने तयारी गरेको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अध्यादेशमा सरकारलाई नसघाउने बताइरहँदा जसपालाई कसरी मनाउने भन्ने विषयमा संयन्त्रको बैठक केन्द्रित हुनेछ।

प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार  १० : ४७ बजे