पशुपतिको बालुवाखानी भ्रष्टाचारमा पूर्वएलडीओसहित ३ जना पक्राउ



काठमाडौं । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महेन्द्रलाल श्रेष्ठ, प्रेमराज जोशी र राजुकुमार रेग्मी छन् । जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् ।

रेग्मी भने पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार  १२ : ५८ बजे