काठमाडौं । पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा समस्या देखिएको छ ।
शाह आइतबार बेलुकी हृदयघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
उनलाई यो चौथो हृदयघात हो । यसअघि तीन पटक हृदयघात भइसकेको छ ।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।










