यसरी निभाइयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगोको ज्वाला (तस्बिरहरु)



ललितपुर । ललितपुरको टिकाथली स्थित गोदावरी खोला नजिकै बोरिङ खनेको ठाउँमा निस्किएको ग्यासमा लागेको आगो निभाइएको छ। बिहान करिब ८स्३० बाट सुरू भएको आगो नियन्त्रणमा लिइएको स्थानीयले जानकारी दिएका छन्।

आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ। पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए।

करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो।

प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार  १ : २२ बजे