काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ ।
फागुन २१ गते बुधबार १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले एमएमएस गरेर सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् ।
मंगलबार दिउँसो बसेको कार्यव्यवस्था समितिको बैठकले बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अध्यादेश स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो।
माघ १८ गते संसद अधिवेशन सुरु भएको पहिलो दिन पेश भएको अध्यादेशको आयु ६० दिन अर्थात् चैत १७ गतेसम्म मात्रै छ। संविधानअनुसार संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत भए मात्रै ६० दिनसम्म सक्रिय रहने। अस्वीकृत भएमा स्वःत निष्क्रिय हुन्छ।














