काठमाडौँ – गृह मन्त्रालयले केही प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गरेको छ । मन्त्रालयस्तरीय निर्णयबाट ६ प्रमुख जिल्ला अधिकारीहरूको परिवर्तन गरेको हो ।
फेरिएका सीडीओहरूमा बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोट जिल्लाका छन्।
बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको रातोपाटीलाई प्राप्त सरुवा सूचीमा उल्लेख छ ।
खड्का यसअघि सङ्खुवासभाको प्रमुखमा जिल्ला अधिकारी थिए ।










