लोडसेडिङ हटाउन कुलमानको कुनै योगदान छैन: दीपक खड्का



काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य भारतको सहयोगको कारणमात्रै सम्भव भएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । खड्काले भने, “भारतबाट विद्युत् खरिदको विकल्प थिएन । पूर्वाधारको रूपमा रहेको ट्रान्मिसन लाइन निर्माण माननीय ज्ञानेन्द्रबहादुर कार्की र एमडी मुकेश काफ्लेको योगदान महत्त्वपूर्ण थियो ।”

उनले २०६३/०६४ मा तत्कालीन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो कार्यकालमा डल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणको कार्य गराएको र तत्कालीन एमडी मुकेश काफ्ले रहेको अवस्थामा भएको प्रशारण लाइन निर्माणका कारण लोडसेडिङ्गमुक्त गर्न सफल भएको दाबी सुनाए ।

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  ४ : ०२ बजे