पोखरामा कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप, एक दर्जन घाइते



कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ ।

मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन ।

शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो ।त्यसक्रममा नगर प्रहरीले स्थानीय मिलन पहारीलाई कुटपिट गरेको थियो । उनलाई उपचारका निम्ति मेट्रोसिटी अस्पताल पठाइएको थियो ।

त्यसपछि विरोधमा उत्रिएका आयोजक पक्षका अरू व्यक्ति र नगर प्रहरीबीच झडप भएको हो । झडपमा परी नगर प्रहरी र आयोजक दुवैतर्फका गरी करिब एक दर्जन मानिस घाइते भएका छन् ।

प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार  १ : १३ बजे