२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि नलाग्न उर्जामन्त्री दिपक खड्कालाइ सुझाब दिएका छन् ।
सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले कुलमानको पछि नलाग्न उर्जामन्त्रीलाई सुझाब दिएका हुन् ।
उनले कुलमानलाइ किचकिच किचिकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए ।
तीन, चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर सरकारले किचकिच किचकिच गरिरहनु उपयुक्त नभएको उनको भनाइ छ ।














