कांग्रेसको ‘मिसन रोजगारी’अभियान आजबाट सुरु हुँदै



काठमाडौँ । नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आइतबवारबाट सुरु हुने भएको छ।

अभियानअन्तर्गत ‘अब रोजगारका कुरा गरौँ’ विषयक छलफलमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहने कांग्रेसले जानकारी दिएको छ।

अभियान उद्घाटनको कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ। उद्घाटन कार्यक्रम कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने कांग्रेसको भनाइ छ। रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो।

प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार  १० : ०० बजे