राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।

पूर्वराजाको स्वागतका क्रममा फोहोर गरेको र आसपासका रुखहरूमा क्षति पुर्याएको भन्दै महानगरले एक लाख जरिवानाको पत्र काटेको थियो।

उक्त जरिवाना वापतको रकम सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरूले महानगरको कार्यालयमा पुगेर बुझाएका हुन् ।

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  २ : १३ बजे