समाजवादी मोर्चाको बैठक बस्दै,सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने



काठमाडौँ – समाजवादी मोर्चाले सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने भएको छ।

‘प्रतिगामी शक्ति’ विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे मोर्चाले आज निर्णय लिँदै छ। सोमबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफल गरेको छ। जसअनुसार आज ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने जनाइएको छ।

मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय लिन नसिकिएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी ९नेसपा० सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।

ओली सरकारको रवैयाकै कारण राजावादीहरूले फाइदा लिन खोजेको मोर्चाको बुझाइ छ। पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने हिजो निर्णय भएको थियो।

प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार  ९ : ४७ बजे