काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को आरोप लगाएका छन् ।
शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी समेत दिएका छन् ।
राजावादीहरुले दुस्साहस गरे माओवादीले ‘इटको जवाफ पत्थरले दिने’ उनको चेतावनी छ । अध्यक्ष प्रचण्डले देशको ठूला–ठूला मूर्ति चोर र वंश नास गर्ने ‘भाइमारा’ नेपाली जनताले विर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्रलाई सुझाव दिए ।
‘यो जुन नौटङ्कीहरु देखाइँदै छ । राजा, महाराजाको बारेमा । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए रु नेपाली जनताले बिर्सिएको छ रु मुर्ति चोर को हुन् रु नेपालका ठूल्ठूला मुर्ति चोरहरु अहिले राजा रु भाइमारा को हो रु आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ रु सुन तस्कर को हो रु नेपाली जनताले विर्सियो भन्ठानेको रु’ प्रश्न गर्दै उनले भने ।
प्रचण्डले आफूले ५ वर्ष शासन गर्न पाएको भए दरबार हत्याकाण्डको फेरि छानविन गरेर भाइमाराहरुलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार रहेको पनि ठोकुवा गरे ।