एमाले सचिवालयको बैठक आज बस्दै



काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ ।

उता संसदको हिउँदे अधिवेशन पनि चलिरहेको छ । बैठकमा यीनै विषयमा छलफल हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : चैत्र ३, २०८१ सोमबार  ९ : ४५ बजे