पूर्वराजाले म राजनीतिमा आएँ भन्न सक्नुपर्छ: कृष्णप्रसाद सिटौला



काठमाडौं । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तन पक्षधर सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला भएको बताएका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रले आफूहरूले दिएकै सम्मान ग्रहण गर्नु उचित हुने बताए । नभए राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्नेमा उनले जोड दिए ।

सिटौलाले भने, “म आफैँ प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग लामै संवाद गरेको, करिब एक घण्टा । उहाँलाई बडो सम्मानका साथ निवासको प्रबन्ध गरेर पठायौँ । सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,”। “अहिले आएर मै केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु शोभनीय विषय भएन ।” “होइन भने उहाँ (पूर्वराजा)ले म राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । नीति कार्यक्रम यो हो भनेर दलहरूजस्तै प्रस्तुत हुन सक्नुपर्छ,” उनले भने ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको भन्दै दलहरूको दृढता नदेखिएको टिप्पणी गरे ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ३ : ०७ बजे