काठमार्डाैं । उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
विश्वविद्यालय क्याम्पस, केन्द्रीय क्याम्पस किर्तिपुरको आगामी चैत ८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोकिएको छ ।
‘त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस किर्तिपुर स्ववियु निर्वाचन समितिले मिति २०८१/१२/०३ मा प्रकाशन गरेको सुचना कार्यन्वयन नगरी यथास्थितिमा राखु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ,’– अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ ।
अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई बिहीबार बोलाइएको छ।