एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय



काठमाडौं स् ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ।

एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो।

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ।


एमसीसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ।

बन्द हुनेबारे मङ्गलबार नै एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत सूचित गरिएको समाचारमा जनाइएको छ। कर्मचारीहरूलाई मे ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको छ ।

एमसीसी परियोजनाअन्तर्गत नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ। तर ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ।
एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कङ्ग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लू बुशको कार्यकालमा स्थापना गरिएको थियो।

प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार  ९ : ०९ बजे