काठमाडौं । प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ।
भारतको रक्षा मन्त्रालयका अनुसार ुअपरेशन सिन्दूरु नाम दिइएको उक्त कारबाही एप्रिल २२ मा २५ जना भारतीय र एक नेपाली नागरिक मारिएको घटनाका जिम्मेवारहरूलाई जबाफदेहू बनाउने प्रतिबद्धताूको हिस्सा हो।
गत महिना भएको उक्त पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणलाई अकारणू भनेको छ र प्रधानमन्त्री शेहबाज शरिफले उक्त दुष्टतापूर्ण आक्रामणूको बदला लिइने बताएका छन्।
दिल्लीका अनुसार बुधवार सबेरै पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा नौवटा भिन्न स्थानमा हमला गरिएको छ।
ती स्थानमा ूआतङ्कवादी संरचनाहरूू भएका र त्यहाँबाट भारतविरुद्धका हमला ूनियोजित र निर्देशित भएको उसको दाबी छ।
उसले पाकिस्तानी सेनाको कुनै संरचनामा प्रहार नगरिएको जोड दिँदै आफ्नो कारबाही केन्द्रित, अनुपातपूर्ण अनि थप आक्रमण नउक्साउने गरीू भएको जनाएको छ।
पाकिस्तानका अनुसार तीन भिन्नाभिन्नै ठाउँहरूमा प्रहार भएको छ, पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद र कोट्ली अनि बाहवालपुर।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जियो टिभीसँग कुरा गर्दै ती हमलाले गैरसैनिक इलाकामा प्रहार भएको बताएका छन्। उनका अनुसार भारतले आतङ्कवादीका शिविरलाई लक्षित गरिएकोू भनेर झुटो बोलेको हो।
पाकिस्तान सेनाका प्रवक्ता अहमद शरिफले बीबीसीलाई दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताए।














