काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान दुवै देश युद्धविराम गर्न सहमत भएको जानकारि दिएका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएको सामाजिक सञ्जालमार्फत जानकारि दिएका हुन् ।
दुवै देश तत्काल र पुर्ण युद्धविरामका लागि सहमत भएको ट्रम्को दाबी छ । युद्धविरामका लागि सहमत भएकोमा ट्रम्पले दुवै देशलाई बधाई समेत दिएका छन्
आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको ट्रम्पले बताएका छन् ।














