काठमाडौंमा बढ्यो गर्मी (तस्बिरहरु)



काठमाडौं । पछिल्ला केही दिन यता काठमाडौंमा तापक्रम बढेको छ।

आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।

तस्बिर :बिजेन अमात्य/नेपाल न्यूज बैंक

प्रकाशित मिति : बैशाख २८, २०८२ आइतबार  ३ : १६ बजे