प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी छ । सोमबार बिहानसम्म दुवै कोषमा विभिन्न बैंक खातामार्फत जम्मा भएको मौज्दात रकम १८ अर्ब ९ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार सोमबार बिहान ९ बजेसम्म कोषमा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ बराबरको मौज्दात रहेको छ ।

कार्यालयकाअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा नेपाली रुपैयाँमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ मौज्दात रहेको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ ।

विपद्पछि प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति, संस्था र निकायबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०८३ सोमबार  ११ : ४९ बजे