प्रतिनिधि सभाको बैठक बस्दै, आज अर्थमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने



काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल जारी रहने छ ।

यसैगरी आजकै बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार  ८ : ५३ बजे