रविको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको इजलासमा



काठमाडों । पटक/पटक हेर्न नमिल्नेमा पर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

उक्त रिट सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो।

आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा उक्त पेसी परेपछि पाँचौँपटक हेर्न नमिल्ने भएको थियो ।

लामिछानेको रिट चौथो स्थानमा परेको छ।

लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको छ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार  ११ : ३७ बजे