रविको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र ढकालको इजलासमा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदै छ ।

यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।

सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको थियो । तर, मिसिल हेर्दा पाण्डेका आफन्त वकिल भेटिएपछि पुनः हेर्न नमिल्नेमा परेको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  ११ : १३ बजे