काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्वास्थ्यको कारण आज सदनमा नगएकाप्रधानमन्त्री ओलीले बालुवाटारमा कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।
दुई जनाबीच हिजो नै भेट तय भएरपनि अन्तिममा भेट स्थगित् भएको थियो भने हिजोको लागि बोलाईएको मन्त्रिपरिषद् बैठकसमेत स्थगित भएको थियो ।
पछिल्लो समय गभर्नर नियुक्ती प्रक्रियालाई लिएर दुई नेताबीच असमझदारी उत्पन्न भएको बताइएको छ । कांग्रेसका नेताहरुले गभर्नर नियुक्ती प्रक्रियामा प्रधानमन्त्री ओलीले ढिलाई गरिरहेको आरोप लगाएका छन् ।
सभापति देउवाले गभर्नरको लागि डा. विश्व पौडेलको नाम अघि सारेका छन् ।