रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित भएको छ।

मंगलबार न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिट हेर्दाहेर्दैमा राखिएको थियो।

यही इजलासले बुधबार पनि सुनुवाइ गर्ने तय थियो।तर, बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो ।

प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार  ११ : २४ बजे